
कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि गोरखबहादुर बिष्ट ‘आनन्द’ को बढ्दो जनसमर्थन र अभियानको प्रभावले युवापुस्तामा उत्साह देखिएको छ। यही माहोलका बीच गौरीगंगा नगरपालिका–३, झिलका १० जना जेन–जी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
प्रवेश कार्यक्रम झिल वासुदेवमा आयोजित विशेष भेटघाट कार्यक्रमका बीच सम्पन्न भएको थियो। कार्यक्रममा उम्मेदवार आनन्द बिष्टले नवप्रवेशी युवाहरू खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशीलाई टीका र खादा लगाएर स्वागत गरे।

उनले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ हुने र विकास–समृद्धिको यात्रामा नयाँ ऊर्जा थपिने बताए। नवप्रवेशी युवाहरूले भने, “क्षेत्र नम्बर ४ मा शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका लागि स्पष्ट एजेन्डासहित अगाडि बढिरहेका आनन्दप्रति आकर्षित भएर हामी कांग्रेसमा आबद्ध भएका हौं।”
उनीहरूले ‘रूख’ चिन्हमा मतदान गरी आनन्द बिष्टलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय क्षेत्र नम्बर ४ मा युवापुस्ताको झुकाव निर्णायक बन्दै गएको छ।
सामाजिक सञ्जाल र घरदैलो अभियानमार्फत प्रत्यक्ष संवाद बढाइरहेका आनन्दलाई युवाहरूले सकारात्मक रूपमा लिएको देखिन्छ। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्वाचन नजिकिँदै जाँदा यस प्रकारका प्रवेश र समर्थनले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।















