कैलालीको गौरीगंगामा सामूहिकरुपमा ३१ जना कांग्रेस प्रवेश, उम्मेदवार आनन्दद्वारा स्वागत

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा–६, दैदवारीमा विभिन्न राजनीतिक दल परित्याग गरी ३१ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द”ले टीका तथा खादा लगाएर औपचारिक स्वागत गरेका छन् ।

कार्यक्रममा अर्जुन चौधरी, तुलाराम चौधरी, परदेशु चौधरी, रामप्रसाद चौधरी, देशु चौधरी, धनीराम चौधरी, दिवस चौधरी, सागर चौधरी, मनिराम चौधरी, सोनु चौधरी, आशाराम चौधरी, रविन चौधरी, रामबहादुर चौधरी, दस्ता चौधरी, सीताराम चौधरी, जितु चौधरी, बुधराम चौधरी, मनिराम चौधरी, धनिराम चौधरी, वसन्ती चौधरी, लाहनु चौधरी, लक्ष्मण चौधरी, सञ्जित चौधरी, रमेश चौधरी, विश्राम चौधरी, अम्मर चौधरी, अर्जुन चौधरी , धनिराम चौधरी, आशाराम चौधरी सामुहिकरुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

nisarga

कार्यक्रममा बोल्दै उम्मेदवार बिष्टले पछिल्लो समय कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसप्रति जनताको भरोसा र आकर्षण बढ्दै गएको बताए। उनले विकास, सुशासन र जनहितका एजेन्डासहित आफू निर्वाचन मैदानमा उत्रिएको उल्लेख गर्दै दैदवारीसहित समग्र क्षेत्रको समुन्नतिका लागि प्रतिबद्ध रहेको धारणा राखे।

नवप्रवेशीहरूले देशमा लोकतन्त्रको सुदृढीकरण, स्थायित्व र समावेशी विकासका लागि नेपाली कांग्रेस उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताए।

उनीहरूले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीयस्तरमा विभिन्न दलबाट कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै जाँदा कैलाली क्षेत्र नम्बर ४ को चुनावी माहोल थप तातेको देखिएको छ।