रास्वपा उम्मेदवार कोइराला दोहोर्याउँछन् : संसदमा मेरो उपस्थिति गणनाको लागि मात्रै हुने छैन

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका खेमराज कोइरालाले आफ्नो उपस्थिति संसदमा गणनाका लागि मात्रै नहुने दोहोर्याउँदै आएका छन् ।

यस क्षेत्रमा पार्टीले गर्ने हरेक कार्यक्रमहरुमा कोइराला देशको निति निर्माण र कैलाली- ४ को विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्छन् ।

nisarga

सुदूरपश्चिमबाट जितेका सांसदहरुसंग सञ्जाल निर्माण गर्ने र सोहि सञ्जालबाट काम गर्ने भन्दै उनी जनतासंग गरेका हरेक करारहरु पुरा गर्ने बताउँदै आएका छन् ।

सुदूरपश्चिमबाट जुनसुकै पार्टीबाट जितेर गएका नेताहरु भएपनि विकासका मुद्धाहरुमा एकठाउँमा हुनुपर्ने कोइराला बताउँछन्।

अहिलेको निर्वाचन नै फरक अवस्थामा भएको हुँदा विकासका योजनाहरुमा आफू फरक तरिकाले सदनमा प्रस्तुत हुने उनी बताउँदै आएका छन् ।

विकास, सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्ने जनतासंग गरेका करारहरु पुरा कार्यान्वयनको पाटो बलियो बनाउने कोइरालाले बताएका छन् ।

आत्मनिर्भर सुदूरपश्चिम बनाउन क्षेत्रहरु प्राथमिकिकरण गर्नुपर्ने भन्दै सम्भावनाहरु पहिचान गरी चरणवद्ध रुपमा अगाडि बढ्ने उनी बताउँदै आएका छन् ।

प्रविधिकरणलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै कोइरालाको यस क्षेत्रमा भएका सबै किसिमका संसाधनहरुको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

हरेक पाइलाका समस्या भएपनि दश पाइलापछि समाधान पनि हुने बताउने उनी स्वास्थ्य, शिक्षा र प्रविधिकरणमा पनि लगानी गर्नुपर्ने बताउँछन् ।

एकै बाटोमा सबै संगै हिँडे सफल भइने उनको भनाई छ । कैलाली-४ का ३० वटै वडाका समस्याहरु समेत फरकफरक किसिमका रहेकोले सोहि अनुसार निकास दिनेतर्फ आफू अगाडी कोइरालाले बताउँदै आएका छन् ।