
अत्तरिया – प्रतिनिधि सभा सदस्यका लागि अहिले ७ बजेबाट कैलाली ४ सहित देशभर मतदान कार्य सुरु भएको छ ।
अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान स्थलभित्र आयोगले तोकेको क्षेत्रमा प्रवेश गरिसकेका मतदाताले मतदान पाउनेछन् ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् ।















