
अत्तरिया – प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहर कैलाली -४ मा पनि कायम भएको छ ।
यहाँपनी रास्वपाका उम्मेदवार खेमराज कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।

कैलाली-४ अन्तर्गत गोदावरी-१२ को ५०० मत गन्दा कोइरालाले १८४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विस्ट (आनन्द) ले १३२ मत पाएका छन् ।
त्यस्तै एमाले उम्मेदवार लेखराज भट्टले १०६ मत पाएका छन् भने नेकपा उम्मेदवार हरिराम चौधरीले ३३ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार कमल बमले ६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार छ्त्र बहादुर भट्टले १ मत प्राप्त गरेका छन् ।















