
अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ को प्रारम्भिक मत परिणाम सार्वजनिक गर्न ढिलाइ भएको छ ।
बिहान ११ बजेदेखि नै मतगणना सुरु गरेपनी निर्वाचन अधिकृतको कार्यालयले ४:३० बजेसम्म प्रारम्भिक मतपरिणाम पनि सार्वजनिक गरेको छैन ।

गोदावरी-१ बाट गणना सकिने बेलामा विवाद आएपछी ती मत दोहोर्याएर गणना गर्न लागिएको निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताएका छन् ।
त्यस्तै अहिले गोदावरी १२- को मत पनि गणना भइरहेको उनले बताएका छन् ।














