कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन् ।

शनिबार बिहान सम्पन्न भएको मतगणनामा १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

nisarga

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गएका छन् ।

त्यस्तै नेकपाका रामलाल डगौराले ८ हजार ३९२ पाएका छन् भने  नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ४ हजार ४९३ ल्याएका छन् ।