कैलाली–४ मा १७ हजार मतान्तरसहित रास्वपाका खेमराज कोइराला विजयी

Image
maya metro

अत्तरिया – कैलाली क्षेत्र नम्बर-४ को मत गणना सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरसहित विजयी भएका छन्।

कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजय हाँसिल गरेका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार गोरख बहादुर विष्ट आनन्दले ११ हजार ३०१ मत प्राप्त गरेका छन् ।

nisarga

त्यसैगरी नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ९ हजार ४४४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराम चौधरी उत्सवले ५ हजार ६०९ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजबारले १ हजार ३५८ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीकी अमृता भुलले ४० मत पाएकी छिन् ।

त्यसैगरी नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरीले ४८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टले २४१ मत पाउँदा मितेरी पार्टी नेपालका दिनेश कुमार मल्लले ११ मत पाएका छन्।

त्यसैगरी नागरिक उन्मुक्ती पार्टीका धन बहादुर सुनारले ६७५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भक्त बहादुर शाहीले १७२ मत पाएका छन् ।

श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गरेका भिम बहादुर थापा मगरले ३७९ मत पाउँदा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट मोहनदेव मिश्रले ३० मत पाएका छन्।

यस्तै राष्ट्रिय जनमोर्चाका हेमराज भट्टले १२१ मत पाउँदा नेपाल मानवतावादी पार्टीका यज्ञ बहादुर टमोटाले १४१ मत पाएका छन् ।

त्यसैगरी उज्यालो नेपाल पार्टीका सुभाष कुँवरले १५७ मत पाएको निर्वाचन अधिकृत आर्चायले बताएका छन् ।

यस क्षेत्रमा १ लाख १५ हजार १४३ जना मतदाता रहेकोमा प्रत्यक्षतर्फ ३१ हजार २५६ महिला र ३१ हजार ७७८ जना पुरुष गरी जम्मा ६३ हजार ३४ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।

जुन कुल मतदाता संख्याको ५४.७४ प्रतिशत हो । त्यस्तै यस क्षेत्रको अस्थाई मतदान केन्द्र तेघरीमा २३ महिला र २३४ पुरुष गरी २५७ जनाले मतदान गरेका थिए ।