धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या

Image
maya metro

धनगढी – धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जाेशीकाे हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

nisarga

जाेशीकाे उनकै श्रीमान डम्मरराज जाेशीले हत्या गरेकाे खुलेकाे छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जाेशी घटनापछि फरार भएका छन् ।

राति बुवाले आमाकाे हत्या गरेपछि छाेराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी उनकाे घरमा पुगेकाे थियाे । उनकाे टाउकोमा कुनै धारिलाे हतियार प्रहार गरेकाे देखिएकाे छ।

अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जाेशीकाे भने खाेजी भइरहेको प्रहरीले जनाएको छ ।