
धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा विद्यालयहरूले प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि आर्थिक भार परेको गुनासो आएको उल्लेख गरिएको छ।

त्यसैले अब उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना कुनै पनि संस्थागत विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट गरिएको छ।
यदि अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

















