बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एककाे मृत्यु, चार जना घाइते

Image
maya metro

बैतडी – बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाकाे मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

पुर्चौडी नगरपालिका–५ मा २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल र सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

nisarga

साे दुर्घटनामा माेटरसाइकल चालक लुहारकाे बझाङकाे देउलेख प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का चालक कठायतसहित मोटरसाइकलमा सवार पुर्चौडी नगरपालिका–५ का हिक्मत कुँवर, सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन्।

उनीहरू मध्ये गम्भीर अवस्थाका कठायत र कुँवरकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको अवस्था भने मध्यम रहेको र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।