
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टीको कैलालीको गोदावरी नगर समितिले संयुक्त राजीनामा गरेको छ ।
समितिको आज बसेको वैठकले संयुक्त राजीनामा गर्ने निर्णय गरेको हो ।

कसैको दवाव र प्रभावमा नपरेर र अर्को समितिलाई काम गर्ने बाटो खुल्ला गर्ने उल्लेख गर्दै समितिले संयुक्त राजीनामा गरेको नगर सभापति दिपक ओझाले बताएका छन् ।















