साढे १२ महिनामा १ करोड ७८ लाखको भन्सार छलीको सामान बरामद

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले साढे १२ महिना १५ दिनको अवधीमा १ करोड ७८ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ ।

इप्रका मालाखेतीको प्रमुखको रुपमा २०८२ वैशाख २१ गते उपस्थित भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले आफ्नो कार्य विवरण सार्वजनिक गर्दै २०८३ जेठ ६ गतेसम्म १ करोड ७८ लाख ५७ हजार ८७० रुपैँया बराबरको भन्सार छलीको अवैध सामान बरामद गरिएको बताएका हुन् ।

nisarga

चन्दले सो अवधीमा चरेश ९ किलो १३९ ग्राम तथा ९० ग्राम ३१४ मिलिग्राम हेरोइन र ६५० थान विभिन्न क्याप्सुलहरु बरामद गरिएको बताएका छन्।

लागूऔषधमा ३९ वटा मुद्धा दर्ता भएको र ६२ जना प्रतिवादीहरु पक्राउ परेको चन्दले बताएका छन् । त्यस्तै ३९४ वटा आपराधिक मुद्दा दर्ता भएकोमा २४० वटा र्फछ्यौट भएका छन् भने १५० वटा बाँकी रहेको बताएको छ ।

विभिन्न मुद्धाका ३३५ जना पक्राउ परेका छन् । त्यस्तै अदालतबाट फरार १०७ र कारागारबाट फरार ३७ जना सो अवधीमा पक्राउ परेका छन् ।