धनगढीमा जुवातास खेलिरहेका ६ जना पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित डेरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

शनिबार साँझ आशबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको हो ।

nisarga

प्रहरीले उनीहरूको साथबाट नगद ११ हजार ७८० रुपैयाँ र चार गड्डी तास बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।