गेटा आँखा अस्पताल र संघर्ष समितिबिच सहमति, आन्दोलन स्थगित

Image
maya metro

अत्तरिया – कैलालीको गेटा आँखा अस्पताल व्यवस्थापन समिति र संघर्ष समितिबिच सहमति भएको छ ।

अस्पतालभित्र राजनीति अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मी सेवा सुविधा तथा बढुवा निश्चित गर्नुपर्ने,दिर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने समितिले माग गर्दै गणेश विष्ट नेतृत्वको संघर्ष समिति जेठ १९ गतेदेखि आन्दोलित भएको थियो ।

nisarga

त्यस्तै गेटा आँखा अस्पतालमा अध्यक्ष सहित  व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानिय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकको पदपूर्ती तत्काल गर्नुपर्ने, हालका व्यवस्थापन समितिका सदस्यहरुले सजिनामा गर्नुपर्ने, कर्मचारीद्वारा गरिने गैह्रकानूनी ठेक्काप्रथाको अन्त्य गर्नुपर्ने समितिको जोड थियो ।

नपुग कर्मचारी तत्काल नियुक्ति गर्नुपर्ने, शुद्ध खानेपानी तथा शौचालयको पर्याप्त व्यवस्था गर्नुपर्ने ,बिरामीहरु प्रतिको रुखो व्यवहार बन्द गर्नुपर्ने र गेटा आँखा अस्पतालको आय व्यय सार्वजनिक गर्नुपर्ने समितिले माग गरेको थियो ।

अवकाशपछि करारमा कार्यरत तीन जना कर्मचारीको हकमा २०८३ असारपछि समयावधि नथप्ने र प्रशासन रिझाएर कर्मचारीविरुद्ध गतिविधि गराउदै आएको आरोप लागेका गोबिन्द जोशीलाई सरुवा गर्ने सहमति भएको छ ।

समितिका मागहरू समयमा कार्यान्वयन नभएमा व्यवस्थापन समितिले एक महिनाभित्र राजीनामा गरि मार्ग प्रसस्त गर्ने सहमति भएको नेपाल नेत्र ज्योति संघका कैलाली जिल्ला अध्यक्ष एवम् आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकरज जोशीले बताएका छन् ।

दुईपक्षबिच सहमतिपछि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको समितिका अध्यक्ष विष्टले बताएका छन् ।