
डोटी – डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ निवासी ५१ वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
स्थानीय डम्बर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा काम गरिरहेका बेला हर्कबहादुर पल्ली मगरलाई करेन्ट लागेको हो।

करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।














