सैनिक महाविद्यालय तेघरीद्वारा विद्यार्थीको सामूहिक दुर्घटना बिमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी-२ मा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीले महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दुर्घटना बिमा गरेको छ ।

विभिन्न प्रकारका भवितव्य, दुर्घटना तथा चोटपटकबाट विद्यार्थीहरु जोखिममा रहेको भन्दै विद्यालयले प्रति विद्यार्थी १ लाख बराबरको दुर्घटना बिमा गरेको हो ।

nisarga

सावन ५ गतेदेखि लागू हुनेगरी आगामी १ वर्षको लागि सामूहिक दुर्घटना बिमा गरेको विद्यालयले जनाएको छ ।

नेको इन्सुरेन्स लिमिटेड, धनगढीमार्फत गरिएको बिमामा कम्पनीका तर्फबाट शाखाप्रमुख नरेश ओझा र प्रतिनिधि सिर्जना जोशीले महाविद्यालयका प्रिन्सिपल सिद्देश्वर पन्त (प्रकाश) र प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर रानालाई बिमालेख हस्तान्तरण गरेका हुन् ।

सैनिक आवासीय महाविद्यालय, तेघरीमा हाल सैनिकतर्फ र गैरसैनिकतर्फ विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालय तथा छात्रावासमा बस्दा लगायत शैक्षिक/अतिरिक्त क्रियाकलापमा संलग्न हुँदा विद्यार्थीहरुको पूर्ण सुरक्षा तथा सुनिश्चितता प्रदान गर्न तथा आकस्मिक दुर्घटनाको समयमा आर्थिक अभाव वा अभिभावकको अनुपस्थितिको कारण उपचारमा हुन सक्ने ढिलाईलाई न्यूनीकरण गर्न दुर्घटना बिमा अनिवार्य रहेको विद्यालयको बुझाई छ ।

“चौबिसै घण्टा सुरक्षा, संकटमा द्रुत रक्षा” भन्ने भनाईलाई आत्मसात गरी दुर्घटनालाई रोक्न नसकेपनि, यसबाट उत्पन्न हुनसक्ने आर्थिक तथा व्यवस्थापकीय चुनौतीलाई न्यूनीकरण गर्दै सुरक्षामा लगानी तथा शिक्षामा निरन्तरता कायम गर्न सामूहिक दुर्घटना बिमाको आवश्यकता महसुस गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय तथा छात्रावासमा बस्दा लगायत शैक्षिक/अतिरिक्त क्रियाकलापमा संलग्न हुँदा विद्यार्थीहरुको पूर्ण सुरक्षा तथा सुनिश्चितता प्रदान गर्नु विद्यालयको पूर्ण दायित्व महसुस गरि सामूहिक बिमा गरिएको विद्यालयले जनाएको छ ।