आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

Image
maya metro

चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।

सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका हुन् ।

nisarga

बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँचबुदेँ सहमति भएको थियो ।

सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्य फिर्ता गरेको थियो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए ।

संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो ।