कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ

Image
फाईल फोटो
maya metro

धनगढी – कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ९७० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बर्ष बस्ने २४ वर्षीय प्रवेश चौधरी र २६ वर्षीय सञ्जय कुस्मी रहेका छन्। इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

nisarga

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी मदन आश्रित टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी किशोरलाई पक्राउ गरेको हो।

यसैगरी, भीमदत्त नगरपालिका–६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ३९० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २२ वर्षीय मनोज कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।