
अत्तरिया – कैलालीको अत्तरियाबाट दुई किशोर बेपत्ता भएका छन् । गोदावरी-२ स्थित शान्ति टोलमा मामाघरमा बस्दै आएका गोदावरी–४ पटरानीका १४ वर्षीय सुरेश धामी र गोदावरी–२ तेघरीका १५ वर्षीय आशिष साउँद आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन्।
सुरेश धामीका बुवा कर धामी र आशिष साउँदका बुवा रामसिंह साउँदले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

दुवै बालकबारे कुनै जानकारी वा देखेमा नजिकको प्रहरी कार्यालय वा आफन्तलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ ।
त्यसका लागि मोबाइल नम्बर ९७६९३९७८५८ वा ९८४९४४९८३३ सम्पर्क गरिदिन उनीहरुको परिवारले आग्रह गरेको छ ।















