डडेल्धुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान

Image
maya metro

डडेल्धुरा – सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय डडेल्धुराले डडेल्धुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरूमा करार सेवामा पदपूर्तिको आवेदन आह्वान गरेको छ।

सङ्कायले सोमबार पहिलोपटक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो। सङ्कायका अनुसार सह प्राध्यापक पदमा फार्माकोलोजि, माइक्रोबायोलोजि र फिजियोलोजि विषयका लागि १(१ जना माग गरिएको छ।

nisarga

यसैगरी उपप्राध्यापक पदअन्तर्गत माइक्रोबायोलोजि, बायोकेमेस्ट्रि, एनाटोमि र पब्लिक हेल्थ विषयमा १(१ जनाका लागि विज्ञापन खुलाइएको छ। नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा १-१ जना प्रशिक्षक पदमा समेत आवेदन माग गरिएको छ।

इच्छुक आवेदकले २०८३ असोज १२ गतेसम्म कार्यालय समयभित्र स्वयं उपस्थित भएर वा अनलाइनमार्फत स्वास्थ्य विज्ञान सङ्कायमा आइपुग्ने गरी दरखास्त दिन सक्नेछन्। दरखास्त फाराम सङ्कायको आधिकारिक वेबसाइट (medicine.fwu.edu.np) बाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

आवेदनका लागि दरखास्त दस्तुर १ हजार ५ सय रुपैयाँ तोकिएको छ। उक्त रकम सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन कार्यालय डडेलधुराको नाममा रहेको नबिल बैंकको च.हि.नं. २६८०१०१७५०००७८ मा जम्मा गरी भौचर पेस गर्नुपर्नेछ।

दरखास्तका साथ प्रवेशिकादेखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति, नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण दुई प्रति संलग्न गर्नुपर्नेछ। लिखित परीक्षाको मिति पछि प्रकाशित गरिनेछ। सम्पर्क मिति असोज १५ गतेका लागि तोकिएको छ।