भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्‌मा उठ्यो

Image
maya metro

कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको विषयबारे संसद्मा प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभामा यो विषय उठाएकी हुन् ।

nisarga

भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको भन्दै उनले संसद्मा विषय उठान गरेकी हुन् ।

‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरिक्षक र स्वयम गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमाण्ड धब्जी उडाएका छन्’ संग्रौलाले भनिन्, ‘यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमिलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ?’

साथै, उनले ‘एउटा भन्सारको अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी संसद्मा के गरिरहेका छौं ?’ भनेर प्रश्न गरिन् ।

यसले सिंगो राज्य संयन्त्रको छविमै धुमिल बनाएको भन्दै उनले उक्त अडियो प्रकरणको छानबिन गर्न माग गरेकी छन् ।