
अत्तरिया – नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा र गोदावरी नगरपालिका-४ को सहकार्यमा गोदावरी-४ मा मौसमसम्बन्धी जनचेतनामूलक माइकिङ कार्यक्रम गरिएको छ।
मौसममा आएको परिवर्तनका कारण हुन सक्ने सम्भावित जोखिम तथा विपद्बाट जोगिन स्थानीयवासीलाई सचेत गराउने उद्देश्यले माइकिङ गरिएको वडा अध्यक्ष हेमप्रकाश मल्लले बताए।

कार्यक्रममार्फत मौसमसम्बन्धी सूचना, पूर्वसावधानी अपनाउन तथा जोखिमपूर्ण अवस्थामा सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरिएको उनले बताएका छन्।
















