कांग्रेसलाई विकाससँग जोड्छौं : केन्द्रीय सदस्य महर

Image
maya metro

डोटी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिहं महरले कांग्रेसलाई विकाससँग जोड्ने बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाएका हुन्। कांग्रेसलाई विकाससँग जोडे मात्रै राजनीतीलाई प्रत्यक्ष जनतासँग जोड्न सकिने उनले बताए ।

कांग्रेस देशका ७७ वटै जिल्लाहरूमा भौतिक विकासको खाका कोर्ने अभ्यासमा रहेको बताउँदै उनले सुदूरपश्चिममा भौतिक विकासको अवस्था अझैपनी दयनीय रहेको बताए । वर्षौं देखि भन्दैआएको पश्चिम सेती परियोजना, सेती लोकमार्ग, महाकाली करीडोर लगाएतका थुप्रै स्थानीय मुद्धाहरु कार्यान्वयन गर्नु पर्ने चुनौती रहेको उनले बताए । पश्चिम सेती परियोजनाले सुदूरपश्चिम प्रदेश सँगै देश निर्माणममा सहयोगी भुमीका खेल्ने बताँउदै उनले भने,’ यस्ता गौरवका आयोजनासँगै सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पर्यटन, धार्मिक आदी कुरासँग कांग्रेस प्रत्यक्ष जोडिने छ ।’कांग्रेससंग युवाको अपेक्षा धेरै रहेको भन्दै उनले युवाहरुको अपेक्षालाइ सम्बोधन गर्न कांग्रेस तयार हुनुपर्ने बताए ।

nisarga