विश्वमा एकै दिन २६ लाखमा कोरोना पुष्टि

Image
maya metro

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ।

पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

nisarga

यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अमेरिकामा १ हजार ७६८, रसियामा ७८७, जर्मनीमा २८४, भियतनाममा २३३, बेलायतमा २२९, इटलीमा २२३ र फ्रान्समा १९३ जनाको मृत्यु भएको छ।