स्थानीय तह निर्वाचनबारे विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनकाे निर्णय

Image
maya metro

काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ।

सत्तारुढ पाँचदलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरूसँग छलफल गर्ने सहमति गरेको हो।

nisarga

स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निर्क्यौल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।