
अत्तरिया – कैलालीमा एमाले सुदूरपश्चिमकी नेताको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
बर्दगोरिया गाउँपालिका-१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको हो ।

आज बिहान बर्दगोरिया-१ स्थित मुडा पुल नजिकै उनी सवार से १०१००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १०१०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए।
सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन्।















