विश्वमा एकै दिन थपिए साढे ३२ लाख कोरोना संक्रमित

Image
maya metro

विश्वभर थप साढे ३२ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामामा गरिएका नमुना परीक्षणमा ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण भएको हो।

संक्रमितमध्ये सबै भन्दा धेरै अमेरिकामा ३ लाख ९२ हजार र फ्रान्समा ३ लाख ५३ हजार छन्। यस्तै‚ भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटलीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार, जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन्।

nisarga

यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्याण्डमा २७१ जना रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड नाघेको छ ।