
अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार अत्तरिया स्थीत नमस्ते पार्टी प्यालेसमा बसेको बन्दशत्रबाट नया कार्यसमिति चयन गरिएको हो । कमिटिको अध्यक्षमा पुन:ह गोकर्ण भट्ट चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा बल बहादुर चौधरी, सचिवमा जिवन कुमार शाह, उप– सचिवमा महाविर बिक र राधा जोशी चयन भएका छन ।सर्वसम्मतमै नेतृत्व चयन गर्ने भनिएपनी सहमति जुट्न नसकेपछी पार्टीका जिल्ला अध्यक्ष रतन थापाले कमिटिका नाम घोषणा गरेका हुन् ।

पार्टीका कतिपय नेता तथा कार्यकर्ताहरुले भने नव निर्वाचित कमिटी एकलौटी रुपमा घोषणा गरिएको बताएका छन् । उनीहरुले कमिटीको नाममा डायरीमा ल्याएको नाम बाचन गरिएको भन्दै विरोध जनाएका छन् ।
एमाले नगर अधिबेशनको उद्घाटन कार्तिक १५ गते गरिएको थियो । उद्घाटन सत्रको दोस्रो दिन नै नगर कमिटी चयनका लागि बन्द सत्र बसेको भएपनि सहमति हुन नसक्दा अनिश्चित कालका लागि स्थगित भएको थियो ।
एमाले गोदावरीका ११ जना वडा अध्यक्षहरुले नगरकमिटि सिघ्र सन्चालन गरि पार्टीभित्रको विवाद समाधान गर्न माग गर्दै गत बिहिबार मात्रै पार्टीका कैलाली जिल्ला अध्यक्ष रतन थापालाइ ज्ञापनपत्र बुझाएका थिए ।





























