
धनगढी – पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरिरहेका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थको मुल्य बृद्धि खारेज गर, देउवा सरकार मुद्र्धावाद’, ‘मापसे सरकार मुद्र्धावाद’ लगायतका नारा लगाएका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ।






























