
धनगढी – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा ४.५ किलोग्राम चरेश सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङ साविक खिरातडी गाविस ७ घर भई हाल गौरीगंगा नगरपालिका वडा नंम्बर ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँका ३० वर्षीय बिर्ख धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुले प्रयोग गरेको से २प ४११५ नंबरको मोटरसाईकलसहित दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






























