
काठमाडौं – नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ११८३ र एन्टिजेनबाट २०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ७०४ संक्रमित कोरोनामुक्त भएका छन् भने थप ११ जना संक्रमितको मृत्यु भएको छ। हाल: नेपालमा ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन्।














