खुकुरी प्रहार गरी ७० वर्षीया वृद्धासहित २ जनाको हत्या:एक जना पक्राउ

Image
maya metro

सिन्धुपाल्चोक – बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ। आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।

nisarga

रासस