देशभर कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

Image
maya metro

काठमाडौं – देशभर पछिल्लो समय कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ जना पुगेको  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 मन्त्रालयका अनुसार  थप ११ हजार तीन सय ६५ जनाको कोरोना परीक्षण गर्दा एक हजार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा ६ हजार एक सय ४६ जना कोरोना मुक्त भएका छन्।

nisarga