
बैतडी – डोटी र डडेल्धुरामा सौर्य ऊर्जा परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले अनुमति दिएको छ ।
हिजो मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बोर्ड बैठकले डोटीको दिपायल सिलगढीमा एक सय २५ मेगावाट र डडेल्धुराको अमगरढीमा दुई सय २५ मेगावाट क्षमताको २३ अर्ब रुपैयाँ लगानी रहेका सौर्य ऊर्जा आयोजनाको परियोजना विकास सम्बन्धतमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको अनुमति दिएको हो ।
त्यस्तै, निजी क्षेत्रका छाता संस्थाहरुसँग लगानी प्रवर्द्धन तथा समन्वय गर्नका लागि पहल गर्ने विषयबारे हिजोको बोर्ड बैठकमा छलफल भएको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलको समय थप सम्बन्धी प्रस्ताव पनि बोर्ड बैठकमा पेश गरिएको थियो।
















