संस्कृतिविद् जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वास्थ्यमन्त्री अस्पतालमा

Image
maya metro

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर मन्त्री खतिवडाले जानकारी दिएका हुन्। १०२ वर्षीय संस्कृतिविद् जोशी केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका छन्।

nisarga

मन्त्री खतिवडाले जोशीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। जोशी जिउँदो इतिहास भएको भन्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। जोशीलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ।

रासस