
धनगढी – धनगढीमा लेनदेन र चोरी मुद्धामा फरार रहेका २ जना प्रतिवादी पक्राउ परेका छन्। लेनदेन र चोरी मुद्दामा फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।
लेनदेन मुद्दामा ९५ हजार ८३० जरिवाना र ६ महिना कैद सजाय भई फरार रहेका धनगढी १० का २९ वर्षीय राकेश राना र चोरी मुद्धामा ६ हजार जरिवाना र ३ महिना कैद सजाय पाएका बिपिन मल्ललाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रानालाई अदालतको मिति २०७८।०९।२३ गतेको आदेशले र मल्ललाई मिति २०७६।०३।१८ गतेको फैसलाले उक्त सजाय सुनाएको थियो।































