
काठमाडौं – आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।
महाशाखाकाका अनुसार पश्चिमी वायुको सामान्य प्रभावका कारण शुक्रवार बिहान देशका उच्च पहाडी भू-भागहरुमा मौसम बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । । तर‚ प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षा र सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ। बाँकी प्रदेशमा भने मौसम सफा रहने छ।













