झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

Image
maya metro

झापाको मेचीनगर–१४ दुहागढीस्थित चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको छ।

प्रहरीका अनुसार मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज (शनिबार) बिहान ५ बजेदेखि आगो लागिरहेको हो।

nisarga

भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।