डडेल्धुरामा जुवा खेलीरहेका ३ जना पक्राउ

Image
फाईल फोटो
maya metro

डडेल्धुरा – डडेल्धुरामा जुवा खेलीरहेका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ समेत बरामद गरेको डडेल्धुराका प्रहरी निरीक्षक चन्दले बताएका छन् ।

nisarga