लम्कीमा गेटा आँखा अस्पतालको शाखा विस्तार

Image
maya metro

अत्तरिया – गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा शाखा विस्तार गरेको छ । अस्पतालले १८ औँ शाखाको रुपमा सोमबार उत्त शाखा उद्घाटन गरेको हो । सुदूर पश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार सेभा नेपालको सहयोगमा लम्कीचुहा नगरपालिका र मोहन्याल गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न लम्कीको गणेशपुर चोकमा शाखा स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको हो ।

उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने बताईएको छ । आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिने छ ।

nisarga

कोरोना संक्रमणको जोखिमको कारणले गेटा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र टकिापुरबाट आँखा उपचार सेवा लिनबाट बन्चित आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुनेछन् । साथै स्वास्थ्य बीमामा बीमितहरुको लागि उपचार केन्द्रबाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परिक्षण, औषधि उपचार अप्रेशन तथा वर्षमा रु १००० सम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराईने अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताएका छन् ।