धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक जनाको मृत्यु

Image
फाईल फोटो
maya metro

अत्तरिया – धनगढी-अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बेलुकी सात बजेको समयमा अत्तरियाबाट धनगढी जाँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थीत ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

nisarga

मृत्यु हुनेमा गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई रहेको प्रहरीले बताएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो बेलुका नै मृत्यु भएको बताइएको छ।

मोटरसाईकलमा पछाडी सवार गोदावरी ६ का यज्ञ नौन्याल घाईते भएको र मायामेट्रो अस्पतालमा उपचारपछी उनी डिस्चार्ज भईसकेको प्रहरीले जानकारी दिएको छ ।