
अत्तरिया – कैलालीको अत्तरियामा फागुन १३ देखि सुदूरपश्चिम प्रादेशीक महोत्सव आयोजना हुने भएको छ। १३ देखि २५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो। बिहिबार अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले २५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।
महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना हुने बताइएको छ। यसअघि पुुष २७ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण स्थगित गरिएको थियो।

वि .स २०७० सालमा स्थापना भएको अत्तरिया उधोग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार लगायत ओझेलमा रहेका पर्यटकिय स्थललाई पर्यटकिय गन्तब्यको रुपमा स्थापित गरी रोजगारीका अवसरहरु सृजना गर्ने उद्देश्यले वि .स २०७२ सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।















