भाइको पुन्यतिथीमा खाधान सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका,३ मालाखेतीका डिल्लीराज पनेरुले स्वर्गीय भाइ चेतराज पनेरुको पुन्यतिथीमा खाधान सहयोग गरेका छन् । उनले कैलालीको गोदावरी,२ मा रहेको सु प समावेशी आधारभुत विधालयमा चामल,दाल,मसला,नुन आदी सहयोग गरेका हुन् ।

भाइ चेतराज स्वर्गीय भएको ६ महिना पुगेको सम्झनामा खाधान सहयोग गरिएको उनले बताए । उनका भाइ चेतराज पनेरुको २६ वर्षको उमेरमा भदौ ८ गते निधन भएको थियो । चेतराजका श्रीमती र एक छोरा छन् ।

nisarga