
अत्तरिया – कैलालीको अत्तरियामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टी कार्यालयको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका केन्द्रिय कार्य समिति सदस्य एनपि साउँदले उद्घाटन गरेका हुन ।
कैलाली क्षेत्र नम्बर ४ ले आज प्रजातन्त्र दिवसको अवसरमा पार्टीको कार्यालय उद्घाटन गरिएको जनाएको छ ।

अत्तरियाको वनखेतमा रहेको उक्त भाडाको भवनमा पार्टीको कैलाली क्षेत्र नम्बर ४ को कार्यालय, प्रदेश सभा ‘ख’ र गोदावरी नगर कार्यालय रहने जनाईएको छ ।





























