
सुदूरपश्चिमेली नेपाली समाज कतारले बनभोज तथा डेउडा कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार समाजका अध्यक्ष परमानन्द भट्टको अध्यक्षतामा बसेको बैठकले बनभोज तथा डेउडा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले ४ मार्च का दिन कतारको समय अनुसार बिहान ११ बजे कार्यक्रम तोकीएको जनाईएको छ ।कार्यक्रम अलदोसरी पार्कमा हुने जनाईको छ भने कार्यक्रम संयोजकका रुपमा पारु भट्टलाई तोकीएको छ ।

सुदुरपश्चिम घरभई कतारमा रहेका व्यत्तिहरुको सुखदुख समेत साटासाट गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको समाजका महासचिब भुवन साँउदले बताएका छन् ।
समाजले हरेक वर्ष कार्यक्रमको आयोजना गर्दै आएको छ । कतारमा रहेका सम्पुर्ण सुदूरपश्मिेलीहरुलाई उपस्थीतीका लागी पनी समाजले आग्रह गरेको छ ।
















