धनगढीको एक रेष्टुरेन्टमा ७ महिनादेखि बन्धक तीन किशोरीको उद्धार

Image
maya metro

धनगढी – धनगढीको एक रेष्टुरेन्टबाट तीन जना किशोरीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट किशोरीको उद्धार गरेको हो ।

धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको उक्त बारका सञ्चालक सहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीकोलाई केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

nisarga

प्रहरीका अनुसार काममा लगाउने भनेर बारमा राखेका ति किशोरीहरुलाई केही महिना यता बाहिर निस्किन दिइएको थिएन भने तलव समेत दिइएको थिएन ।

उद्धार गरिएका तीनै जना किशोरी सुदूरपश्चिम भन्दा बाहिरका रहेको प्रहरीले जनाएको । किशोरीहरुलाई उनिहरुको अभिवावकको जिम्मा लगाईने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।