
धनगढी – धनगढी उपमहानगरपालिकामा टावर लाइट निर्माण गरिएको छ। वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारको बजेटमा उक्त टावर लाइट निर्माण भएको हो।
वडा कार्यालयको बजेटमा निर्माण भएको टावर लाइटको सोमबार प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् । धनगढीमा अन्य स्थानमा समेत टावर लाइट जडान गर्ने धनगढीका नगरप्रमुख नृपबहादुर वडले बताएका छन्।

वडा कार्यालयको बजेटबाट २ लाख ७५ हजारको लागतमा उक्त टावर लाइट निर्माण भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष नारायण बरालले बताए । बजारको शौन्दर्य र सुरक्षाका दृष्टिकोणलाई मध्यनजर गर्दै टावर लाइट निर्माण गरिएको वडा अध्यक्ष बरालले बताए ।
उद्घाटन पश्चात ५६ फिट अग्लो रहेको सो टावरमा आजै राष्ट्रिय झण्डा समेत फहराइएको छ।






























