फेवातालमा आजदेखि पानीको सतह घटाइने

Image
maya metro

पर्वत – पोखरामा रहेको फेवातालको सतह १० दिनका लागि घटाइने भएको छ। पोखरा महानगरपालिका–१७ अन्तर्गत सिद्धार्थ राजमार्गको बिरौटा चोकदेखि पश्चिमा रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीको सिँचाई नहरमा पर्ने कल्भर्ट मर्मत गर्न पानीको सतह घटाउन लागिएको हो।

कल्भर्टको दुवैतर्फको भागलाई चौडा पार्न लागिएको र त्यसका लागि पानीको सतह घटाउनुपर्ने अवस्था रहेकाले बाँध खोलेर तालको पानी घटाउन लागिएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका कार्यालय प्रमुख किरण आचार्यले बताए।

nisarga

फेवातालको पानी नघटाई कल्भर्ट मर्मत थाल्दा नहरको गेट बन्द गरे पनि पानीको ओभरफ्लोका कारण काम गर्न नसकिने भएपछि सतह घटाउनै पर्ने अवस्था आएको हो।