
अत्तरिया – मंगलबार सुदूरपश्चिम प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३२ जनाको एन्टिजेन र ४७ जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै २४ घण्टामा १९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ९५ जना सक्रिय संक्रमित पुगेका छन्।





























